मर्दी पदमार्गमा सूचना केन्द्र बन्दै, होटललाई करको दायरामा ल्याइने
कास्की | कात्तिक २८, २०८०
कास्की: जीविकोपार्जनको लागी दिगो पर्यटन परियोजना र माछापुच्छ्रे गाउँपालिकाको संयुक्त साझेदारीमा मर्दी हिमाल पदमार्गको हुमालमा पर्यटक सुचना केन्द्रको शिलान्यास गरिएकोे छ ।
केन्द्रकाे शिलान्यास गर्दै पालिका उपाध्यक्ष सिता अधिकारीले पर्यटकको सुरक्षा र सूचना पहुँचमा टेवा पुग्ने विचार व्यक्त राखिन् । परियोजनाको ४५ र पालिकाको ५५ प्र्रतिशत लगानी रहेको केन्द्र निर्माणमा करिब ३० लाख रुपैयाँ खर्च हुने अधिकारीले जनाइन् ।
साथै, पदमार्ग क्षेत्रमा सञ्चालित होटल, लजलाई ऐन नियमको परिधिमा समेटेर व्यवस्थापन गरिने जनाउँदै अधिकारीले यस विषयमा सरोकारवालासँग छलफल गरी अघि बढ्ने उल्लेख गरिन् ।
‘पदमार्गमा अवस्थित होटल तथा लजहरुलाई सरोकारवालासंगको समन्वयमा कानुनी तवरबाट नै व्यवस्थित गरी करको दायरमा ल्याउने योजनामुताविक कार्य भईरहेको छ’ उपाध्यक्ष अधिकारीले भनिन् ।
पालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपिकृष्ण अर्यालले यस सुचना केन्द्र स्थापना पश्चात यस पदमार्गमा आउने स्वादेशी तथा विदेशी पर्यटकहरुको तथ्यांङक संकलन,सुचना प्रवाह, सुरक्षा तथा पर्यटन गुरुयोजना निर्माणमा सहयोग पुग्ने धारणा राखे ।
त्यस्तै, वडा नं ५अध्यक्ष एवम् वन वातावरण तथा विपद व्यावस्थापन समिति संयोजक नारायणप्रसाद पौडेलले सुचना केन्द्रले पर्यटकलाई पर्यावरणीय सन्तुलन अनुकुलका गतिविधी अवलम्वनमा सुझाव दिने,पदमार्गमा रहेका जगंलमा तथा हिमाली क्षेत्रमा पाईने जनावर आदिबारे सूचना दिने उल्लेख गरे ।
पालिकाका आर्थिक विकास समिति संयोजक तथा वडा ८ अध्यक्षराम बहादुर गुरुङले विश्वविख्यात मर्दी हिमाल पदमार्गमा सुचना केन्द्र स्थापनाले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बिचार राखे ।
सोही अवसरमा वडाध्यक्ष गुरुङले पालिकाका मुख्य दुई पर्यटकीय खुमै र मर्दी हिमाल पदमार्गमा पर्यटकबाट शूल्क लिइन थालेको जनाए । शूल्कबाट पालिकाले ‘डिजिटल ट्रेक कार्ड’ उपलब्ध गराउने, शौचालय, प्रतीक्षालय, पिउने पानी, फोहोर मैला व्यावस्थापनलगायतमा खर्च गर्ने उनले जानकारी दिए ।
कार्यक्रममा मर्दी हिमाल व्यावसाय तथा व्यवस्थापन समिति उपाध्यक्ष खेम तामाङ र अमृत तामाङले सुचना केन्द्र स्थापना कार्यको प्रशंसा गर्दै भने पर्यटन सेवा शुल्कका विषयमा स्वादेशी पर्यटकको विषयमा कुनै गुनासो नआएको धारणा राखे ।
शिलान्यासमा पालिकाभित्रका वडाध्यक्ष र पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ । महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्...
पोखरा: पोखरा–१४ मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगित हुने भएको छ । मनोहर युवा क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्...

